मेयर बालेन्द्र शाहविरुद्ध एमाले निकट युवा संघको साइबर ब्युरोमा उजुरी

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघ नेपालको एक टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी लिएर साइबर ब्युरो पुगेको छ ।

बालेनले सामाजिक सञ्जालमार्फत अशोभनीय गालीगलौज गरेको आरोप लगाउँदै युवा संघले बिहीबार साइबर ब्युरोमा उजुरी दिएको हो ।

संघका अनुसार निर्वाचित जनप्रतिनिधिले सार्वजनिक पदको मर्यादा कायम राख्नुपर्ने भए पनि मेयर शाहले बारम्बार सामाजिक सञ्जालमा अशोभनीय भाषा प्रयोग गर्दै सार्वजनिक आचारसंहिता उल्लङ्घन गर्दै आएको आरोप लगाइएको छ ।

उक्त उजुरीबारे प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको बताइएको छ ।–00–

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Share:

सम्बन्धित समाचारहरु