काठमाडौं, १९ जेठ। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज सोमबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महत्वपूर्ण राजनीतिक छलफल हुने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल तय भएको हो। छलफलको मुख्य एजेन्डा संसद्को पछिल्लो गतिरोध अन्त्य गर्ने उपायमा केन्द्रित हुने बताइएको छ। पछिल्ला केही सातायता संसद्मा देखिएको अवरोधका कारण विभिन्न विधेयकहरू अघि बढ्न सकेका छैनन्।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, संसदलाई नियमित सञ्चालनमा ल्याउन आवश्यक सहमति र संयोजनबारे नेताहरूबीच संवाद हुनेछ।
फाइल तस्विर


