चैत १४ ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका—९ बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रम गर्ने क्रममा बेहोस भएका थिए। बेहोस भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याइएको केही समयमै अस्पतालले मृत घोषित गरेको थियो।
श्रीमती, छोरा, छोरी र ज्वाइँसहित उनी पाथीभरा मन्दिरमा पूजा गर्न पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
ढुंगाना दमको रोगबाट ग्रसित व्यक्ति हुन्। उनको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।