हेटौंडा इलाका स्तरमा साना किसान कृषि सहकारी संस्था पदमपुर उत्कृष्ठ

कालिका । साना किसानहरुलाई लक्षित गरेर सेवा गर्दै आइरहेको साना किसान कृषि सहकारी संस्था लि. पदमपुर , इलाका स्तरमा उत्कृष्ठ संस्था हुन सफल भएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को हेटौंडामा आयोजना गरिएको २२ औं बार्षिकोत्सवको अवसरमा साना किसान कृषि सहकारी संस्था पदमपुरलाई २० हजार नगद सहित कदर पत्र प्रदान गरिएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको इलाका कार्यालय हेटौंडासँग वित्तीय कारोवार गरिरहेका साना किसान कृषि सहकारी संस्थाहरुको स्तरिकरणका सूचकहरुको आधारमा मूल्यांकनगर्दा आर्थिक वर्ष २०७८ / ०७९ मा साना किसान कृषि सहकारी संस्था लि. पदमपुर इलाका स्तरमा उत्कृष्ठ ठहरिएको साना किसान विकास लघुवित्त वित्तीय संस्थाले जानकारी दिएको छ ।

–00–

Share:

सम्बन्धित समाचारहरु