थारू पत्रकार संघको अध्यक्षमा चितवनका पत्रकार सन्तकुमार चौधरी निर्वाचित

काठमाडौं, २५ फागुन। थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

संघको शनिबार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचि भएका हुन् । यसअघि उनी संघको वरिष्ठ उपाध्यक्ष थिए ।

 

यस्तै संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले बताए । । त्यस्तै संघको महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित भएका छन् ।

त्यसैगरी संघको सदस्यमा मिनादेवि विश्वास भएका हुन् । शपथपछि बोल्दै नवनिर्वाचित अध्यक्ष चौधरीले थप सदस्य कार्यसमितिको वैठक बसेर मनोनित गर्ने बताए ।

 

संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।

चौधरी विगत दुईदशक देखि पत्रकारितामा क्रियाशील छन् । चितवनवाट प्रकाशीत हुने स्थानीय पादरर्शी दैनिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका चौधरी न्यूज २४ टेलिभिजिनमा चितवन व्यूरो प्रमुख भएर काम गरेका थिए । यस्तै नेपालवान टेलिभिजनमा चितवन संवाददाताहुँदै नयाँ दिल्ली स्थित मूख्य कार्यालयमा सम्पादक भएर काम गरेका छन् । जनता टेलिभिजनमा स्थापनाकालदेखि कार्यरत्त चौधरीले हाल आफैले सेतोनेपाल अनलाईन समेत संचालनगर्दै आएका छन् ।

—00–

Share:

सम्बन्धित समाचारहरु