१२ औ राष्ट्रिय बिज्ञान दिवसको अवसरमा नारायणी नमुना माविका विद्यार्थीले गरे विज्ञान प्रर्दशनी

भरतपुर, ११ असोज । भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयले बिज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।

१२ औ राष्ट्रिय बिज्ञान दिवसको अवसरमा बिद्यालयको क्यालेन्डर अनुसार आज बिज्ञान प्रर्दशनीको आयोजना गरिएको हो । प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रदर्शनीमा बिद्यार्थीहरूले स्मार्ट सिटी, सेनेटरी प्याड डिस्पोजल, वाटर रकेट, स्मार्ट डस्टविन, सेक्युरिटी सिस्टम,स्मार्ट सिचाई गर्ने तरीका, भर्टिकल खेती गर्ने तरीका, भुकम्प थाहा पाउने यन्त्र, बिज्ञान सर्कस लगायत अन्य करिब ५०वटा प्रोजेक्टको नमुना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्‍घाटन गर्दै बिद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले विद्यार्थीहरूलाई यसप्रकारको कार्यक्रमले बिज्ञानको दैनिक कार्यसँगको अन्तरसम्बन्धबारेमा धारणा स्पष्ट पार्नुका साथै बिद्यार्थीहरूलाई बैज्ञानिक बन्ने बाटो तर्फ अग्रसर गराउन मद्दत गर्ने बताउनु भएको थियो ।

कार्यक्रमको संयोजन बिज्ञान बिषय बिभाग संयोजक निरोज बास्तोलाले गर्नुभएको थियो ।

–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु