काठमाडौं, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन वार्ता गरेका छन्। शनिबार भएको टेलिफोन वार्तामा द्विपक्षीय हितको विषयमा छलफल भएको थियो। उनीहरूले नेपाल(भारतबीच हुँदै आएका सहयोगका विभिन्न पक्षको समीक्षा गरेका थिए।
प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणमा भएका विभिन्न सम्झौताहरूका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो। भारतीय प्रधानमन्त्री मोदीले सम्झौता भएका विषयहरूमा चासो राखेको बताइएको छ।
उनीहरूले द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीले निकट र मित्रवत छिमेकी नेपाल भारतको ुछिमेक पहिलोु नीतिको प्रमुख साझेदार रहेको बताएका थिए।
उनीहरूबीच भएको टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ।–00–


