-रेशम सापकोटा – सेतो नेपाल
माडी, २ साउन । चितवन १ साउन – माडी नगरपालिका–८ स्थित अयोध्या मार्ग अवलोकन भ्रमणपछि फूलबारी आमा समूहलाई रु ५,००० नगद सहयोग प्रदान गरिएको छ। सहयोग रकम पर्वत, लिमीठाना, चितवन र नवलपुर सम्पर्क मञ्चले उपलब्ध गराइएको हो।
सम्पर्क मञ्चका पदाधिकारीहरूले भ्रमणपछि आन्तरिक छलफल गरी स्थानीयस्तरमा सक्रिय रूपमा वातावरणीय र सामाजिक योगदान गरिरहेको फूलबारी आमा समूहलाई प्रोत्साहनस्वरूप उक्त सहयोग गरेको जानकारी दिएका छन्।
समूहकी अध्यक्ष सुजिता पाण्डेका अनुसार, “हामीलाई सहयोग प्राप्त भएकोमा खुशी लागेको छ। यसले हाम्रो समूहलाई अझ प्रेरणा मिलेको छ। आगामी दिनमा पनि समाजका लागि अझ प्रभावकारी ढंगले काम गर्नेछौं।”
फूलबारी आमा समूह माडी क्षेत्रकै सक्रिय महिला संगठनमध्ये एक हो। सरसफाइ, महिला सशक्तीकरण, स्वास्थ्य सचेतना, बालबालिका सुरक्षाजस्ता सामाजिक कार्यमा निरन्तर क्रियाशील रहेको यस समूहलाई माडी नगरपालिकाले ‘उत्कृष्ट आमा समूह’ को रूपमा सम्मान गरिसकेको छ।
उक्त सहयोगको सन्दर्भमा, असार २८ गते पर्वत, लिमीठाना, चितवन र नवलपुर सम्पर्क मञ्चको आयोजनामा अयोध्या मार्ग वातावरणमैत्री अवलोकन भ्रमण सम्पन्न भएको थियो।


