फेरि बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

चैत २३ काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । गए राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु ५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५० वृद्धि भएको निगमले जनाएको छ ।  मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १६०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १४३, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५६ र हवाई इन्धन(अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.५४५ पुगेको छ ।

निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी एक महिनामा करिब रु नौ अर्ब २७ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु