विराटनगरमा गुडिरहेको टिपरमा आगलागी

विराटनगर, १५ वैशाख। विराटनगर महानगरपालिका–१९ मिलन चोकमा सोमबार गुडिरहेको टिपरमा अचानक आगलागी भएको छ।

प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपर दिउँसो साढे २ बजे आगलागी भएको प्रहरीले जनाएको छ। विराटचोकबाट बालुवा लिएर सुनसरीको बर्जुतर्फ जाँदै गरेको उक्त टिपर इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए।

आगलागीको कारण खुल्न नसकेको भए पनि तार सर्ट भएर भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु