श्रीमतीलाई भेट्न आउँदा तपश्वी भनिएका रामबहादुर बम्जन पक्राउ

काठमाडौं, २४ पौष । लामो समयदेखि नेपाल प्रहरीको खोजीमा रहेका लिटल बुद्ध उपनामले चिनिने रामबहादुर बम्जन परिवारलाई भेटन आउँदा पक्राउ परेको खुलेको छ ।

 

काठमाडौं बुढानिलकण्ठ वडा नं। ७ मा परिवारसँग बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए । उनीमाथि मानव बेचविखन र व्यक्ति बेपत्ताको आरोप लागेपछि सीआईबीले लामो समयदेखि खोजी गरिरहेको थियो

बम्जनको नातेदारलाई प्राविधिक रुपमा निगरानीमा राखेर प्रहरीले खोजे पनि उनी फेला पर्न सकेका थिएन । उनी कहिले काठमाडौं आएका थिए भन्नेबारे केही खुलाइएको छैन । यद्यपी सीआईबीले सिन्धुलीमा रहेको उनको आश्रममा पनि छापा मारेको थियो ।

उनीविरुद्ध सिन्धुपाल्चोक, मकवानपुर र सर्लाहीलगायत जिल्लामा जाहेरी परेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु