रसुवा बाढी : उद्धारका लागि गएका प्रहरी घाइते, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, २५ असार ।

रसुवा बाढीबाट प्रभावितको उद्धारका लागि गएका सशस्त्रका सहायक हवल्दार विशाल थापा घाइते भएका छन् । बुधबार भिरको बाटो हिँड्ने क्रममा थापा अचानक १० मिटर तल खोचमा खसेका हुन् । उनको टाउको र घुँडामा चोट लागेको छ ।

उनलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनलाई एपीएफ अस्पताल बलम्बुतर्फ लगिएको छ ।

बुधबार बिहान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३, लिङलिङमा उद्धारको लागि नं। २० गुल्म रसुवाबाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएका थिए ।

Share:

सम्बन्धित समाचारहरु