कांग्रेसको १५औँ महाधिवेशनको मतगणना बिहीबारसम्म सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबारसम्म सकिने भएको छ। भूगोलतर्फको मतगणना बाँकी रहे पनि अन्य समूहको गणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भूगोलबाहेकका अधिकांश समूहको मतगणना अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। बाँकी मतगणना पनि छिट्टै सम्पन्न हुने र बिहीबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक हुने विश्वास उनले व्यक्त गरेका छन्।

‘भूगोलभन्दा बाहेक अरुको करिब आइसक्यो। भोलिसम्म सबै मतपरिणाम आइसक्छ भन्ने विश्वास छ,’ कटुवालले भने।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पद र समूहका लागि भएको निर्वाचनको मतगणना जारी छ। मतगणना सम्पन्न भएपछि सबै पदमा निर्वाचित हुने उम्मेदवारको अन्तिम टुंगो लाग्नेछ।

निर्वाचन समितिले बाँकी मतगणना पूरा गरी अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

Share:

सम्बन्धित समाचारहरु