तिहार र छठपर्वमा स्थानीयले उत्पादन गरेका फूल प्रयोगमा ल्याउन कालिका नगरपालिकाको अनुरोध

कालिका, २१ कात्तिक । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरभित्र गरिएको सयपत्री फुलखेतीको मंगलबार अनुगमन गरेका छन् । वडा नं ७ मा रहेको सगुन बहुउद्देश्यीय सहकारी सस्था लि.ले गरेको फुलखेतीको मेयर रेग्मीले अनुगमन गरेका हुन ।

सो अबसरमा उनले तिहारमा नगरभित्र उत्पादित सयपत्री फुलको माला प्रयोग गर्न नगरबासीहरुलाई आग्रह गरेका छन् । मेयर रेग्मीले नगरभित्रका बजारमा प्लाष्ट्रिक जन्यमाला विक्री वितरणमा रोक लगाइएको जानकारी दिए । सो सहकारीले नगरपालिकाको अनुदानमा ६ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको संस्थाका सचिव सुवास श्रेष्ठले जानकारी दिए । अनुगमनपछि फूल उत्पादन र बजारिकरणको विषयमा सहकारीका सदस्य र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष कमलराज मुक्तान, वडा सदस्यहरु, सस्थापक वडा अध्यक्ष, वडा सदस्यलगायत संस्थाका शेयर सदस्यहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञान बहादुर गुरुङले सहकारीको कार्यप्रगति विवरण सहित फुलखेतीका बारेमा जानकारी गराएका थिए । कार्यक्रम संस्थापक वडा सदस्य उमाकान्त सापकोटाले गरेका थिए ।

यसैबीच कालिका नगरपालिकाले तिहार तथा छठ पर्वको अवसरमा चाडपर्व मनाउँदैगर्दा नगरक्षेत्रभित्रका पुष्प व्यवसायीहरुले उत्पादन गरेका फूलहरुको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको छ । नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिन अनुरोध गरेको हो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु