काठमाडौं ।
टीओबी (Tibetan Origin Blood) लेखिएको टिसर्ट लगाएर पेस्तोल भिर्ने तेन्जिङ दावामाथि काठमाडौं प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ।
दावालाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो। सोमबार उनलाई अभद्र कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ।
उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो, जसमा उनी बिजुलीबजारको पुलमा अर्का युवाबाट पेस्तोल लिएर कम्मरमा भिरेको देखिन्छ।

सोही भिडियोको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।
हालैका जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएको र टीओबी समूहले प्रदर्शनलाई हिंसात्मक बनाउने प्रयास गरेको आरोपसमेत लगाइएको छ।

