चितवन,२९ असार ।
थारू विद्यार्थी सभा केन्द्रीय समितिको आयोजनामा एसईई परीक्षा २०८० उत्तीर्ण गरेका थारू समुदायका विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम हुने भएको छ।
‘थारू समुदायका विद्यार्थीहरूकाे छाता संस्था’ का रूपमा चिनिने थारू विद्यार्थी सभाले विद्यार्थीहरूको हौसला वृद्धि र प्रोत्साहनका लागि सम्मान कार्यक्रम गर्न लागेको हो। सभाकी केन्द्रीय अध्यक्ष सुशीला चौधरीका अनुसार, एसईईमा उत्कृष्ट जिपिए हासिल गर्ने सम्पूर्ण थारू विद्यार्थीहरूलाई विशेष सम्मान गरिनेछ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय भगवती चौधरीको उपस्थिति रहनेछ। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य र विद्यार्थीहरूका अनुभवहरू पनि समेटिने जनाइएको छ।
सम्मान समारोह काठमाडौंको बुद्धनगरस्थित स्वप्न वाटिका कलेजमा आयोजना गरिने छ। कार्यक्रममा थारू समुदायका बुद्धिजीवी, अभिभावक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।
सम्मान कार्यक्रमकाे आधिकारिक मिडिया सेताेनेपाल डटकम रहेको छ । –00–


