दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु

फागुन १८ दाङ। दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर तीन जना घाइते भएका छन्।

कारले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुरकी सन्ध्या चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते चौधरीको उपचारका क्रममा:लमही अस्पतालमा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले बताए।

दुर्घटनामा मोटरसाइकल चालक राप्ती ६ सगरापुरका ४४ वर्षीय जयराम चौधरी र उनकी बहिनी ३५ वर्षीया बेदकुमारी चौधरी घाइते छन्। मोटरसाइकल जयरामले चलाएका थिए। उनकी भान्जी सन्ध्याको मृत्यु भएको हो।साथै दुर्घटनामा पैदल यात्रु लमही नगरपालिका ८ असानीका २८ वर्षीय पारस बोहरा पनि घाइते छन्। उनको लमहीमै उपचार भइरहेको छ।प्रहरीका अनुसार घाइते बेदकुमारी र जयरामलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु