चितवन,जेठ ८
बाघको आक्रमणबाट बेपत्ता भएकी महिलाको शव फेला परेको छ । भरतपुर १३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षकी फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेर बेपत्ता बनाएको थियो ।
बाघले आक्रमण गरेको फुलकुमारी बोटेको शव नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले हात्तीको सहयोगमा खोजी गर्नेक्रममा भेटिएको चितवन प्रहरीले जनाएको छ । बाघले आक्रमण गरेको स्थानभन्दा ७०० मिटर भित्र जंगलमा शव फेला परेको प्रहरीको भनाइ छ ।