भदौ १७, काठमाडौ ।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको हो । यस सँगै डिजेलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । मट्टीतेलको मूल्य पनि ६ रुपैयाँले बढेर प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि पछिल्लो १५ दिन यता पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि त्यसको असर परेको निगमले जनाएको छ। डिजेल मट्टीतेलको मुल्य बढाएपनि निगमलाई अझैं मासिक ९६ करोड ४८ लाख रुपैयाँ घाटा लागिरहेको निगमको दाबि छ।
पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धनको भने मूल्य बढेको छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पछि निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो