काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ चरणमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
आइतबार ओमानको अल अमेरातमा भएको टसमा नेपाली कप्तान रोहितकुमार पौडेलले ब्याटिङ रोजेका हुन्।
नेपालले समूह ‘बी’ का दुवै खेल जित्दै सुपर–६ मा प्रवेश गरेको हो। समूह चरणमा नेपालले कुवेतलाई ५८ रनले र जापानलाई पाँच विकेटले पराजित गरेको थियो।
यूएईले पनि समूह ‘ए’ का दुवै खेल जित्दै सुपर–६ मा पुगेको हो। उसले कतारलाई सात विकेटले र मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपालले सुपर–६ मा यूएई, कतार, ओमान र समाओसँग प्रतिस्पर्धा गर्नेछ। आफ्नै समूहको जापानसँग भने खेल्ने छैन।

