चितवनको रामपुरमा भोलीदेखि प्रथम ग्य्राजुयट सम्मेलनहुँदै, प्रधानमन्त्री दाहालले सम्मेलनको उद्घाटनगर्ने

चितवन,६ मंसिर । चितवनको रामपुरमा भोलीदेखि पहिलो कृषि बैज्ञानिक सम्मेलन हुँदैछ । स्वदेशी तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागिता रहने सम्मेलनलाई प्रथम ग्य्राजुयट सम्मेलन २०२३ नामले आयोजना गर्न लागिएको भरतपुरमा आज विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरले सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो ।

 

कृषि विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सूसुचित गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको सम्मलेनका संयोजक डा.ऋषिराम कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने मुख्य उद्देश्य हो ।

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी सयको हाराहारीमा कार्यपत्र प्रस्तुत गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ । कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सय भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले जानकारी दिनुभयो ।

कृषि तथा वन विज्ञान विश्व विद्यालयले सन् २०१३ बाट पठनपाठन सुरु गरेको हो । अहिलेसम्म करिब ५ हजार विद्यार्थीले पठनपाठन गरेका छन् । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आयोजकका रुपमा रहनेछन् । सम्मेलनमा उत्कृष्ट कार्यपत्रलाई पुरस्कारको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा ३ सयको हाराहारीमा सहभागिता रहने बताइएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने छ ।

–00–

Share:

सम्बन्धित समाचारहरु