रत्ननगरको बकुलहरमा खुल्यो अर्गानिक पसल

रत्ननगर,१ भदौ । स्थानीय स्तरमा उत्पादित अर्गानिक बस्तुको प्रवद्धन गर्ने उद्देश्यले रत्ननगरको बकुलहरमा अर्गानिक खाद्यान्न पसल खुलेको छ ।

बकुलहरको चौकी रोडमा न्यू शर्मा अर्गानिक पसल शुक्रबारबाट औपचारिकरुपमा संचालनमा आएको हो । पसलमा हिमाल, पहाड र तराईमा उत्पादन गरिएको अर्गानिक खाद्यान्न सामग्री पाइने पसलका संचालक बुद्धिराज पौडेलले जानकारी दिए ।

पसलमा अर्गानिक दाल, मकैको चामल, मकै र कोदोको पिठो, मह, चामल, छुर्पी, गुन्द्रुक, अचार, भटमास, सातु, बोडी, सिमी आलु मस्यौरा, हिमालमा उत्पादित जडिवुटी लगायतका खाद्यान्न सामग्री उपलब्ध हुने पौडेलले बताए । पसलले शुभारम्भको अवसरमा ग्राहकहरुलाई विशेष छुटमा सामग्री वितरण गरिहेको पनि जानकारी दिए ।–00–

Share:

सम्बन्धित समाचारहरु