काठमाडौं । देशका प्रमुख नदीहरूमा जलसतह तीव्रगतिमा बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती र मधेस प्रदेशका नदी–खोलामा उच्च जोखिम रहेको छ ।
काभ्रेको रोशी खोला, काठमाडौंको मनोहरा र वाग्मती नदी, साथै मकवानपुरको लालबकैया नदी सतर्कता तहभन्दा माथि पुगेका छन् । प्रदेशभरका अधिकांश नदी र खोलामा पानीको सतह सतर्कता तह नजिक पुगेको छ ।
महाशाखाले आज साँझ र रातिको समयमा बाढीको जोखिम अझै बढ्ने चेतावनी दिंदै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।


