चितवन । जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा आगजनी गरेका छन्।
प्रदर्शनकारीहरूले चितवनमा रहेको प्रचण्डको निवासमा आगजनी गरेपछि घरमा ठूलो क्षति पुगेको बताइएको छ। घटनापछि सुरक्षाकर्मी परिचालन गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। –00–


