माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू, विशेष महाधिवेशन तयारी एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ।

बिहीबार मध्याह्न काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बैठक बसेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन्।

प्रस्तावबारे समूहगत छलफल हुने र समूहको निष्कर्ष पुनः हलमा प्रस्तुत गर्ने तयारी भएको छ। सो निष्कर्षमा अध्यक्ष प्रचण्डले जवाफ दिनेछन्।

विशेषगरी जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिपछि माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। पदाधिकारी बैठकले गरेको सो निर्णयलाई केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गरिएको छ। केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र उक्त निर्णयले औपचारिकता पाउनेछ।

बैठकका लागि केन्द्रीय सदस्यहरूबाट प्रवेश शुल्क १ हजार रुपैयाँ तोकिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको आकार हाल ४०८ सदस्यीय रहेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु