प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, प्रचण्ड अनुपस्थित

काठमाडौं,१३  बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारस्थित प्रधानमन्त्री  कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल गरिएको हो।

छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि निमन्त्रणा गरिएको थियो, तर उनी बैठकमा उपस्थित भएनन्।–00–

Share:

सम्बन्धित समाचारहरु