कक्षा १२ को परीक्षा आउँदो वैशाख २६ गतेदेखि हुने

काठमाडौँ, फागुन २१

कक्षा १२ को परीक्षा आउँदो वैशाख २६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Share:

सम्बन्धित समाचारहरु