एउटै गीतलाई दुईवटा भाषामा म्यूजिक भिडियो निर्माण , यस्यो छ गीत ( भिडियो ) सहित

चितवन, ११ पौष । हल्का हल्का बोलको थारु भाषा र खस भाषामा तयार पारिएको म्यूजिक भिडियो आज सार्वजनिक भएको छ । एउटै गीतलाई दुईवटा भाषामा निमाृर्ण गरिएको गीतलाई महेश अफिसियल नामको यूटुबमा एकै चोटी सार्वजनिक गरिएको हो ।

किशोर चौधरीले निर्देशन गरेको म्युजिक भिडियोलाई खुशीराम चौधरीले निर्माण गरेका हुन । रवि कोइरालाले छायांकन गरेको गीतलाई कमल चोधरीले आवाज दिएका हुन । थारु भाषा तर्फ जितेन्द्र महतो र हिना महतोले अभिनय गरेका छन भने खस भाषा तर्फ पुजन लामिछाने र शोभा महतोले अभिनय गरेका छन् ।

डियर लभ फिल्मस र करुणा फिल्मसको सहकार्यमा तयार पारिएको म्यूजिक भिडियोको कलरग्रेडिङ सुरेश चौधरीले गरेका हुन । चितवनको कालिका र इच्छा कामना गाउँपालिकासँगै हेटौडाको सेरोफेरोमा गीतको छायांकन गरिएको हो ।

म्यूजिक भिडियोमा लक्ष्मण नेपाल,भुलन चौधरी ,बुधराम चौधरी, मनोज थारु, जितेन्द्र चौधरी ,अन्जु चौधरी, हिना महतोको पनि अभिनय हेर्न पाइन्छ ।

थारु भाषाको म्यूजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

खस भाषामा तयार पारिएको म्यूजिक भिडियोहेर्न यहाँ क्लिक गर्नुहोस ।

Share:

सम्बन्धित समाचारहरु