पर्वत, लिमीठाना, चितवन र नवलपुर सम्पर्क मञ्चको आयोजनामा अयोध्या मार्ग अवलोकन भ्रमण सम्पन्न
रेशम सापकोटा -सेतो नेपाल
माडी, २९ असार ।
मिति २०८२ असार २८ गते, पर्वत, लिमीठाना, चितवन र नवलपुर सम्पर्क मञ्चको आयोजनामा माडी नगरपालिका–८ स्थित अयोध्या मार्गको वातावरणमैत्री अवलोकन भ्रमण सम्पन्न भएको छ।
करिब २५ जनाको सहभागितामा सम्पन्न उक्त भ्रमणमा सहभागी टोलीका सदस्यहरूले पूर्वाधार विकासमा अपनाइएको हरित अभ्यास, सौन्दर्य र व्यवस्थापन देखेर अत्यन्त खुसी व्यक्त गरेका छन्। उनीहरूले यस्ता अभ्यासहरूले वातावरण संरक्षणका दिशामा ठोस सन्देश दिने र अन्य स्थानहरूमा पनि अनुकरणीय बन्ने विश्वास व्यक्त गरेका छन्।


