मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन

भरतपुर । गएराति बन्द गरिएको मुग्लिन–नारायणगढ सडक खण्ड आज बिहान ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा निरन्तर पहिरो खस्दै आएको कारण आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध सडक आइतबार दिउँसो मात्रै एकतर्फी खुलेको थियो भने सोमबार साँझ ८ बजे फेरि पहिरो खसेपछि राति नै हटाइएकाले पुनः बिहानदेखि यातायात सञ्चालनमा आएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार सडकमा सवारी साधनको अत्यधिक चाप भएकाले चालकहरूलाई आफ्नो लेन प्रयोग गर्न आग्रह गरिएको छ। सडक अवरुद्ध हुँदा दुई दिनदेखि अलपत्र परेका यात्रु गन्तव्यतर्फ लाग्न थालेका छन्।

यस सडकमार्ग हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन चल्ने भएकाले पूर्ण रूपमा दुईतर्फी सञ्चालन नहुँदासम्म वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले यात्रुलाई आग्रह गरेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु