भरतपुरमा जेनजी प्रदर्शन : दुई अर्बभन्दा बढी क्षति

चितवन । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा दुई अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। भदौ २४ गते भएको आक्रमणमा महानगर कार्यालयसहित २९ मध्ये २० वटामा क्षति पुगेको छ।

महानगर कार्यालय पूर्णरुपमा जलेको छ भने स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति भएको छ। २६ गाडी, पाँच मोटरसाइकल र एक स्कुटर नष्ट भएका छन्। जलेका गाडीमध्ये दुई दमकल, ग्रेडर, कम्प्याक्टर, ब्रुमर र अन्य सेवा गाडीसमेत रहेका छन्।

कार्यालयभित्रका फर्निचर, कम्प्युटर, कागजपत्र र दुई हजार थान विद्युत् चुलो जलेर वा चोरी भएका छन्। महानगर प्रमुख र उपप्रमुखको घरसहित विज्ञ सल्लाहकारको घरमा समेत आगजनी र लुटपाट भएको छ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले क्षतिको विवरण संकलन भइरहेको र अत्यावश्यक सेवा भने आजैदेखि सुरु गरिएको जानकारी दिनुभयो।–0—

Share:

सम्बन्धित समाचारहरु