भरतपुर, २८ असार । गायक शिव परियारको पछिल्लो हिट गीत धोकेबाजको तेस्रो शृङ्खला नमस्तेप्लस युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
रामकान्त न्यौपानेले निर्माण गरेको गीतलाई गायक शिव परियारले आवाज भरेका छन् भने गीतमा शब्द र संगीत सुवास कार्कीको रहेको छ । गीतमा सकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा छिन् भने मोडल विक्रम बुढाथोकी कुसुमको अपोजिट लिड रोलमा छन् ।
गीतको कथा परिकल्पना र निर्देशन निकेश खड्काले गरेका छन् । निर्देशक खड्काले भिडियोको स्टोरी र स्क्रिनप्लेमा बालयौनशोषण ९चाईल्ड एबयुज० र त्यसले लिने रिभेन्जलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् ।
–00–