कार्यालय पुनः व्यवस्थापनका लागि सहयोग गर्नुअघि समन्वय गर्न आग्रह

चितवन । आगलागी र तोडफोडबाट क्षति पुगेका कार्यालयहरूको पुनः व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, चितवनले सहयोग गर्न इच्छुक संघ, संस्था र व्यक्तिहरूसँग समन्वय गर्न आग्रह गरेको छ ।

हाल विभिन्न संघ–संस्था र व्यक्तिहरूले प्रभावित कार्यालयहरूको व्यवस्थापनमा सहयोग गर्न चासो देखाइरहेकाले समन्वयबिना सहयोग गर्दा व्यवस्थापनमा जटिलता आउन सक्ने भन्दै प्रशासनले एकीकृत ढंगले अघि बढ्न अनुरोध गरेको हो ।

जारी सूचनामा भनिएको छ, “कार्यालयलाई आवश्यक पर्ने तत्कालीन वस्तुको पहिचान गरी सामग्री व्यवस्थापन गर्नुपर्ने भएकाले इच्छुक संघ, संस्था तथा व्यक्तिले जिल्ला प्रशासन कार्यालयसँग मात्र समन्वय गरेर सहयोग गर्नुपर्नेछ ।”

जिल्ला प्रशासनका अनुसार हालसम्म आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त कार्यालयहरूको तथ्यांक संकलन भइरहेको छ र सम्बन्धित निकायहरूले क्षतिको विवरण उपलब्ध गराइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले हस्ताक्षर गरेको सूचनामा पुनः व्यवस्थापनका लागि एकीकृत समन्वय अपरिहार्य भएको उल्लेख छ ।

–00—

Share:

सम्बन्धित समाचारहरु