सर्वोच्चको नक्कली लेटरहेडमा पत्र लेख्ने शाखा अधिकृत विष्टको म्याद थप हुँदै

वैशाख १९, काठमाडौं – सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी अनधिकृत रूपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थपका लागि अदालत पेश गरिँदैछ।

रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र विष्टले लेखेका थिए। उनी सर्वोच्च अदालतको मुद्दा रिट दर्ता शाखामा कार्यरत छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रमुख एसपी कुलदीप चन्दका अनुसार, विष्टको म्याद थप गर्न तयारी भइरहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु