काठमाडौं । अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने प्रयास भइरहेको भन्दै केही युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरूले ‘कार्कीलाई सरकार प्रमुख बनाउन हुँदैन’ भन्दै नाराबाजी गरेका हुन्। उनीहरूको भनाइमा जेनजी आन्दोलनको माग कार्कीलाई प्रधानमन्त्री बनाउनका लागि होइन।
सो क्रममा भारतीय मिडियाको उपस्थिति प्रति युवाहरूले आक्रोश व्यक्त गर्दै ‘गो ब्याक इण्डिया’ जस्ता नाराबाजी गरेका थिए। उनीहरूले नेपाली मिडियालाई प्रवेश नदिई भारतीय मिडियालाई मात्र अनुमति दिएको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।
विरोध स्थलमा पुगेको नेपाली सेनाले युवाहरूलाई हटाउने प्रयास गरिरहेको छ।–00–

