काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनरत जेनजीलाई घर फर्किन पुनः आग्रह गरेका छन्।
देश अब जेनजीको हातमा रहेको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा हुने क्षति अन्ततः आफूहरुकै हुने चेतावनी दिएका छन्। मेयर साहले भनेका छन्, “देश तपाईँहरुकै हातमा हो। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं–हाम्रो नै हुने हो। त्यसैले अब घर फर्कनुहोस्।”
उनको यस अपिलसँगै आन्दोलनरत युवाहरू घर फर्कने वा आन्दोलनलाई निरन्तरता दिने भन्ने विषयमा चासो बढेको छ।

–00–

