रौतहटको कटहरियास्थित ज्योति डिस्टिलरीमा बोइलर विस्फोट, एकको मृत्यु पाँच घाइते

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक (सई) धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परेर कटहरिया नगरपालिका–९ बलुवा गाउँका ४० वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो ।

विस्फोटबाट डिस्टिलरी परिसरमा भौतिक क्षति पुगेको छ । घटनामा घाइते भएका पाँच जनामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

बोइलर किन र कसरी विस्फोट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Share:

सम्बन्धित समाचारहरु