चितवन, १८ साउन । चितवनको कालिका नगरपालिका वडा नं. ६ मिरमिरे टोलका राजन शर्मा(चालिसे)को दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगका लागि अपिल गरेका छन् । १९ बर्षिय शर्मा भरतपुरमा रहेको नारायणी पव्लिक स्कूलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् ।
झण्डै एकवर्षदेखि ढाडदुख्ने समस्या राजनमा थियो । आर्थिक अभावले अस्पताल जान सकेनन । पछि ढाडदुख्ने समस्यासँगै ज्वरो आउने, पखला लाग्ने, वान्ता आउने भएपछि २०८० साल बैशाख २६ गते आमा लक्ष्मी शर्मासँग भरतपुर अस्पताल पुगे । अस्पतालमा भिडियो एक्सरे भयो । अस्पतालले दुवै मृगौलामा समस्या भएको रिपोर्ट दियो ।
आमा छोरालाई विश्वास लागेन । फेरि रत्ननगर स्थ्ति बकुलहर रत्ननगर अस्पताल आमा छोरा पुगे । त्यहाँ फेरि भिडियो एक्सरे भयो । त्यहाँपनि उहिँ रिपोर्ट आयो । आमा छोरालाई अझै चित्त बुझेन । भरतपुर स्थित पुरानो मेडिकल कलेज (भरतपुर मेडिकल शिक्षण अस्पताल )पुगे । त्यहाँपनि दुवै मृगौलाले कामगर्न छाडेको रिपोर्ट आयो । पछि चिकित्सकहरुकै सल्लाह बमोजिम भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुगे । त्यहाँपुगेपछि पनि उहि रिपोर्ट आयो । आर्थिक अभावले थप उपचारगर्न समस्या भयो । चिकित्सकले मृगौला प्रत्यारोपणगर्न सुझाव दियो । छोराको जीवन रक्षाको लागि आमा लक्ष्मी शर्मा र बुबा भागरिथ शर्मा आफैले एकएकवटा मृगौला दिने निर्णय गरे ।
तर आमा बुबा दुवैको मृगौला दिन मिलेन । रक्तसमुहनै मिलेन । चिकित्सकले मृगौला फेर्नैपर्छ भनेका छन – राजको आमा लक्ष्मी शर्माले भनिन ‘डोनर खोजेर ल्याउन भनेको छ । ’ चिकित्सकले भने बमोजिम मृगौला दिने डोनर भेटिएको छैन । विरामी राजनको ए पोजेटिभ रगत समुह हो । छोराको लागि मृगौला दिने डोनर चाहिएको छ आमाले गहभरी आँसु निकाल्दै भनिन ।
राजनको बुबा भारतको चेनाई स्थित एउटा होटलमा सामान्य कामदारको रुपमा कामगर्छन । उनको पारिश्रमिकले खान लाउन बाबुहरुलाई पढाउन ठिक्क थियो । मृगौला प्रत्यारोपणगर्न ३५ लाखभन्दाबढी लाग्ने अनुमान छ । अस्पतालले सकेसम्म डोनर खोजेर ल्याउनु भनेको छ । छोराको यस्तो अवस्था छ भन्ने खबर पाएपछि बुबा पनि काम छाडेर नेपाल फर्किदै छन् । ९ तारिखका दिन घर पुग्नेछन् । लक्ष्मी र भागिरथ शर्माका दुई छोरा छन् । राजन जेठा छोरा हुन ।
सम्पतिको नाउँमा एककट्ठा जग्गा छ । त्यहिँ जग्गामा सानो टहरा बनाएर आश्रय लिएर बसेको छन् । आमा लक्ष्मीका अनुसार पाँच महिनाभित्र मृगौला प्रत्यारोपणका लागि अस्पतालले बोलाएको छ । डोनर खोज्न थालेको तीन महिना भइसक्यो, अब दुई महिना बाँकी छ । भएको सबै सम्पति विक्रीगर्दापनि उपचारहुने सम्भावना नदेखेपछि राजनका परिवारले उपचारका लागि सहयोगको याचना गरेका हुन । अहिले रोकथामका लागि औषधी खाइरहेका छन् । महिनामा २० हजार रुपैयाँ औषधी उपचारमा खर्च भइरहेको छ । भारतवाट बुबाले पठाउनुभएको ५५ हजार र छरछिमेकवाट सरसापट गरेको पैसाले अहिले सम्म उपचार भइरहेको आमा लक्ष्मी शर्माले बताउनुभयो ।
विरामी राजनलाई पनि छिटो निको भएर कलेज जान रहर लागेको छ। उनको शरीर पहिला जस्तो छैन । आँखाको छेउछाउ कालोहुँदै गएको छ । शरीरपनि विस्तारै दुब्लाउँदै गएको महसुस भइरहेको छ । मेरो आर्थिक अवस्था अत्यन्तै कमजोर छ । म बाँच्न चाहन्छु, मेरो जीवन रक्षाका लागि सबैसँग अनुरोधगर्दछु उनले भने ।
डायलसिस भन्दा पनि समयमै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका कारण पीडित परिवार मृगौला प्रत्यारोपणको तयारीमा जुटेको छ । तर मृगौला दिने दाता अझै भेटेका छैनन । उपचारमा सहयोग गर्नका लागि मुक्तीनाथ विकास बैंक मा लक्ष्मी शर्माको नाममा रहेको खाता नम्वर ११०२१६००४४९५०६०००००१ रहेको छ । थप सम्पर्क गर्नुपरे विरामीको आमा लक्ष्मी शर्मा ९८४५३२६०६२ र विरामीको ठुलो वुवा प्रेम शर्मा ९८४५४४५७१४ ।





–00–

