मेरो डिस्काउन्टस् एपको शुभारम्भ

चितवन, २६ माघ ।ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ । एप्सको बिहीबार भरतपुरमा शुभारम्भ गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले सूचना र प्रविधिको युगमा विभिन्न एप्सहरु बजारमा आएको भन्दै मेरो डिस्काउन्टस् एपले उपभोक्तालाई सबै सेवा एकैठाउँमा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सबैको हातमा मोबाइल हुने भएकाले धेरै उपभोक्ताहरुले एप्सको प्रयोग गर्ने भन्दै उहाँले सबै सेवासुविधा एकैठाउँमा पाउँदा ग्राहकहरुलाई सहज र उपभोक्तामैत्री सेवा प्रवाह हुने बताउनुभयो । पछिल्लो समय आफ्नो होटलको करिब ५० प्रतिशत कोठाहरु अनलाइनबाट बुकिङ हुने गरेको भन्दै चुकेले मेरो डिस्काउन्टस् एप्सलाई होटल तथा रेष्टुराँहरुसहित सबै सेवासुविधा जोड्न सुझाव दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उत्पादित वस्तुको बजारीकरणमा अनलाइन बजार उत्कृष्ट गन्तव्य भएको बताउनुभयो ।

डिजिटल मार्केटिङले वस्तुको उचित मूल्य पाउन सघाउन पु¥याउने भएकाले सबैको पहुँचमा एप्स लैजानुपर्ने श्रेष्ठको भनाइ थियो । मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन डिजिटल बजारको मुख्य भूमिका हुने भएकाले एप्सले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । मानिसको दैनिक जीवनमा नभई नहुने सम्पर्ण आवश्यकताहरु पूरा गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदिप चौधरीले बताउनुभयो । चितवनको भरतपुरमा आज आयोजित एप्सको शुभारम्भ तथा पत्रकार सम्मेलनमा चौधरीले यो एप्सले नेपाली उपभोक्तालाई मात्र नभएर विदेशमा रहेका नेपाली तथा पर्यटकहरुलाई पनि फाइदा पु¥याउने बताउनुभयो ।

विश्व बजारमा रहेका प्रख्यात अनलाईन मञ्चहरुको विशेष सुविधाहरु मेरो डिस्काउन्टस् एप्समा संलग्न गरी तयार पारिएको चौधरीको भनाइ छ । “हामीले सजिलो र सहज रुपमा हाम्रो ग्राहकहरुले खरिद गरिने प्रत्येक सेवा तथा सुविधाहरुमा विशेष छुट दिने लक्ष्य राखेर एप्स सञ्चालन गरेका छौँ” चौधरीले भन्नुभयो । यस एप्सबाट व्यवसायीहरुलाई उच्च ब्राण्डको स्पष्ट मञ्च प्रदान गरी व्यापार बढाउन मद्दत गर्ने चौधरीले बताउनुभयो । कम्पनीकी जनसम्पर्क अधिकृत अञ्जना मल्लले एप्सको मद्दतबाट ग्राहकवर्गहरुलाई सजिलै सेवा सुविधा लिन सक्ने वातावरण सृजना हुने बताउनुभयो ।

मेरो डिस्काउन्टस्बाट मध्यम वर्गका ग्राहकहरुले पनि स्तरीय सेवा र सुविधाहरु उपयोग गर्न सक्ने उहाँको भनाइ छ । एप्सको मद्दतले व्यवसायीको बिक्री वितरण बढाउन र नयाँ व्यवसायीहरुलाई थप प्रोत्साहन गरी अगाडि बढ्न सहयोग पुग्ने मल्लले बताउनुभयो ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु