विद्यालयमा समेटिँदै अपाङ्गताभएका बालबालिका

समावेशी शिक्षा परियोजनाले बदलिँदै विद्यालयको मुहार

– सन्तकुमार चौधरी –
चितवन । चितवनको पश्चिमीक्षेत्र, भरतपुर महानगरपालिका वडा नं. २१ स्थित पार्वतीपुरको अन्नपूर्ण माध्यामिक विद्यालयको वातावरण केहीवर्षअघिसम्म अन्य सामुदायिक विद्यालयजस्तै सामान्य थियो । सामान्य अर्थात्, कुनै किसिमको अपाङ्गता नभएका विद्यार्थी, शिक्षककालागि मात्रै सहज । विद्यालय भवनको सबैतिर सिँढी । शौचालय जानपनि सिँढी चढ्नुपर्ने । भवनमा सजिलै आउजाउ गर्न अपाङ्गता भएका व्यक्तिको लागि सकस थियो । अहिले पनि विद्यालयका भौतिक संरचना फेरिएका छैनन् । भवन दुरुस्त छ । कक्षाकोठा उस्तै छन् । मात्रै परिमार्जन भएका छन्, भवनमा राखिएका सिँढीहरु ।

अन्नपूर्ण माध्यामिक विद्यालय
अन्नपूर्ण माध्यामिक विद्यालय

 

अटिजम केयर चितवन सोसाइटीद्वारा सञ्चालित समावेशी शिक्षा परियोजनालागु भएपछिको दुई वर्षमा यो विद्यालयले संरचना सुधारमामात्रै सफल भएको होइन । यहाँ अध्ययनरत बालबालिकाहरूको जीवनले समेत उल्लेखनीय सहजता आएको छ ।
विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङ भन्छन्, “पहिले अपाङ्गताभएका बालबालिकाहरूलाई पढाउने विषयमा हामीलाई लाग्दथ्यो यीनीहरुले सिक्न सक्दैनन् तर, समावेशी शिक्षा परियोजनाले हाम्रो दृष्टिकोण बदलिदिएको छ, खासमा हामीमा नै त्यो ज्ञान भनौ वा बुझाईको नै कमीरहेछ।”

अन्नपूर्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङ
अन्नपूर्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङ

अन्नपूर्ण माध्यामिक विद्यालयमा हाल ८ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयको कक्षा कोठा, शौचालयदेखि बाटोहरूसम्म पहुँचयुक्त बनाइएको छ । ह्वीलचियर पुग्न सक्ने ¥याम्प, ट्याकटाईल, पहुँचयुक्त शौचालय निर्माणजस्ता काम परियोजनाकै सहयोगमा सम्पन्न भएका छन्। शिक्षकहरूलाई समावेशी शिक्षण सिकाइ र सिकाइको सर्वानकुलित ढाँचा सम्बन्धि विभिन्न प्रकारका तालिम दिइएको छ। तामाङ भन्छन्, “पहिले अपाङ्गता भएका विद्यार्थीलाई गम्भीर रुपमा लिने गर्थेनौँ । तर तालिमपछि उनीहरूका साना परिवर्तन पनि शिक्षा प्रगतिका खुड्किला हुन् भन्ने बुझेका छौं।”

विद्यालयमा अहिले तीनजना विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत छन् । परियोजनाले थेरापी सेवापनि दिइरहेको छ र विद्यालयको “परियोजनाले आवश्यकता अनुरुप विद्यार्थीहरुलाई थेरापी सेवापनि दिइरहेको छ । विद्यालयको नर्सलाईपनि विद्यार्थीका लागि अति आवश्यक थेरापी तालिम दिएको छ । थेरापीको निरन्तरताले नै सकारात्मक परिवर्तन सम्भव भएको हो,” प्रधानाध्यापक तामाङले बताए । विद्यार्थीहरुको कक्षाकोठामा बसाइ व्यवस्थापनको लागि पनि आवश्यकता अनुरुपको डेस्क बेञ्च निर्माण तथा व्यवस्थापनमा विद्यालयलाई सहजीकरण  गर्यो ।

 

अन्नपूर्ण माध्यामिक विद्यालयमा निर्माण गरिएको पहुँचयुक्त शौचालय ।
अन्नपूर्ण माध्यामिक विद्यालयमा निर्माण गरिएको पहुँचयुक्त शौचालय ।

जसले विद्यार्थीलाई मूलधारका कक्षामा बसेर अध्ययनमा सहजता भयो । सँगसँगै बसेर सबै विद्यार्थीले पढ्न पाउँदा विद्यालयमा समावेशी वातावरण सिर्जना भयो । जसको प्रभाव विद्यालयको संरचनाले देखाउने मात्रै होइन सिकाइका क्रममा भावनात्मक र सामाजिक रूपमा समेत परेको छ । अहिले विद्यालयले बालबालिकाको प्रारम्भिक स्वास्थ्य अप्ठ्यारा पहिचान गरेर उनिहरुको अवस्था र आवश्यकता अनुसारको शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

अन्नपूर्ण माध्यामिक विद्यालयमा निर्माण गरिएको ट्याकटाईल ।
अन्नपूर्ण माध्यामिक विद्यालयमा निर्माण गरिएको ट्याकटाईल ।
कालिका नगरपालिकाको वडा नं. ९ मा रहेको चर्तुमुखी माध्यमिक विद्यालय ।
कालिका नगरपालिकाको वडा नं. ९ मा रहेको चर्तुमुखी माध्यमिक विद्यालय ।

अन्यविद्यालयहरूमापनि सकारात्मकलहर –
सामुदायिक स्तरकै अर्को विद्यालय कालिका नगरपालिका–९ स्थित चर्तुमुखी माध्यमिक विद्यालयपनि समावेशी शिक्षाको उत्कृष्ट उदाहरण हो । यहाँ ८ सय ३९ विद्यार्थी अध्ययनरत छन्। एकजना अटिजम भएका बालक कक्षा १ मा छन् भने तीनजना अन्य शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालयमै अध्ययनरत छन्। यहाँ अपाङ्गता भएका बालबालिकाकालागि समावेशी शिक्षा परियोजना सञ्चालनमा छ । जसको कारण विद्यालयको क्षेत्रभरीका विद्यालय उमेरका विद्यार्थीले सहज शिक्षा हासिल गरिरहेका छन् ।अपाङ्गता भएका विद्यार्थी पनि सहज रुपमा विद्यालयमा अध्ययनरत छन् ।

विनिता प्रजा शारीरिक अपाङ्गता भएकी बालिकाहुन् । उनले कक्षा १सम्म घरै बसेर पढिन् । उनको कम्मर मुनी भागचल्दैन । ह्वील चियरमा हिँडडुल गर्नुपर्छ । अहिले स्कुलकै बसमार्फत ह्वीलचियर चढेर नियमित उपस्थित हुन्छिन्। विनिता कक्षा २ की विद्यार्थी हुन् । विद्यालयका शिक्षक सीता श्रेष्ठ भन्छिन्, “सुरुमा सबै उनको शारिरिक अवस्थालाई हेर्थे, अहिले सबै माया गर्छन्, सँगैखेल्छन्।”

अपाङ्गता भएका बालबालिका खोज्दै विद्यालयभर्ना-
“पहिला हामीलेनै अपाङ्गताभएका बालबालिकालाई फिर्ता पठाउँथ्यौं,” विद्यालयका प्रधानाध्यापक चन्द्र गुरुङले खुलेर स्वीकार्छन्, “तर अहिले त्यस्ता बालबालिकाको खोजी अभियानमा हाम्रै सक्रियता देखिन्छ।” विद्यालयको संरचनामा सुधारआएको छ । परियोजना सुरुभएपछि विद्यालयमा ट्याकटाईल, ¥याम्प, पहुँचयुक्त शौचालय निर्माण भएको छ ।

विद्यार्थीहरुको पुहुँचपुग्नेगरी खानेपानीको व्यवस्थापन मिलाइएको छ । स्कुलमा गुनासो सुन्ने संयन्त्र बनेको छ । श्रव्यदृश्य शिक्षण विधि, र ई–लाइब्रेरी प्रयोगका प्रयास पनि जारी छन् जसले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन र सिकाइमा सहभागि गराउन मद्दत पुगेको छ । यद्यपि, सबै शिक्षक अझै डिजिटल शिक्षा प्रणालीमा दक्ष छैनन्। “स्मार्ट टिभी, डेस्कटप, डिभाइस जस्ता सामग्री परियोजनाले दिएपनि प्रयोगमा बाधा आइरहेको छ,” चर्तुमुखी विद्यालयका प्रधानाध्यापक गुरुङ भन्छन्–“तर हामी प्रयासरत छौं।”

चर्तुमुखी माध्यमिक विद्यालयका शिक्षक श्रव्यदृश्य मार्फत अध्यापन गराउँदै।
चर्तुमुखी माध्यमिक विद्यालयका शिक्षक श्रव्यदृश्य मार्फत अध्यापन गराउँदै।

सकिँदै परियोजना, थपिँदै निरन्तरताको चिन्ता-

अटिजम केयर चितवन सोसाईटी अपाङ्गता भएका बालबालिका खोज्न गाउँ, टोलमै पुग्यो । अभिभावकसम्म पुगेर आवश्यक ज्ञान, सीप, क्षमता र उनीहरुको सम्भावनाबारे सकारात्मक शिक्षा दियो । जसका कारण त्यस्ता बालबालिका र उनीहरुका अभिभावकहरुपनि खुल्न थाले । बालबालिका र अभिभावहरुको सोचाईमा परिवर्तन आयो । अन्ततः स्कुल सम्मपुगे ।

यो काम हामी विद्यालयले गर्नुपर्ने हो चर्तुमुखी माध्यमिक विद्यालयव्य वस्थापन समितिका अध्यक्ष वकिल पुरीले भने– यो परियोजना सञ्चालनपछि हामीसबैको धारणामा परिवर्तन गरिदिएको छ ।

चर्तुमुखी माध्यमिक विद्यालय बनेको ट्याकटाईल ।
चर्तुमुखी माध्यमिक विद्यालय बनेको ट्याकटाईल ।

कालिका नगरपालिका–१ समीपुरमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा समावेशी शिक्षा परियोजनाले विद्यालयको रूप मात्र बदलिएको छैन, सोचलाई पनि नयाँदिशा दिएको छ ।

विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीका अनुसार, परियोजनाले विद्यालय सुधार योजनामा समावेशी क्रियाकलापहरु समेटेर अघि बढ्न सिकाएको छ । विद्यालय सुधार योजना निर्माणका चरणहरुमा अभिभावक, समुदायको सक्रिय सहभागिताका लागि कसरी सहजीकरण गर्ने भन्नेमा प्राविधिक सहयोग पु¥याएको हुँदाविद्यालय र समुदायविचको सम्बन्धमापनि सुधार आएको छ ।

कालिका वडा नं. १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरमा बनेको ¥याम्प l
कालिका वडा नं. १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरमा बनेको ¥याम्प l

अपाङ्गताभएका बालबालिका लाई सिकाउनुपर्ने कुरालाई उनीहरूले पहिले ध्यानन दिएको स्वीकार गर्दै रायमाझी भन्छन्,‘परियोजनाले हामीलाई एउटा ठूलो ज्ञान दिएको छ—अपाङ्गता भएका बालबालिकामा देखिने स–साना परिवर्तन पनि सिकाइको खुड्किलो हो भन्ने कुरा हामीले बुझेका छौँ ।’विद्यालय सुधार योजना निर्माणदेखि कार्यान्वयनसम्मको यात्रामा समावेशी शिक्षाको दृष्टिकोण राखेर अघि बढ्दा, विद्यालय समुदायको सोचमा व्यापक रूपले परिवर्तन आएको उनले बताए ।

श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझी ।
श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझी ।

‘अभिभावक भेला, भर्ना अभियान वा अन्यकुनै कार्यक्रम—हामी अब अपाङ्गता भएका बालबालिकाको खोजीमापनि सक्रिय छौं,’ रायमाझी भन्छन्, ‘उनीहरूलाई विद्यालयसम्म ल्याउने प्रयास हाम्रो प्रमुख प्राथमिकता बनेको छ।’
विद्यालयमा अहिले करिब ५ सय विद्यार्थी अध्ययनरत छन् । अहिले हाम्रो विद्यालय समावेशी शिक्षाको अभ्यास गरिरहेको छ ।अपाङ्गताभएका बालबालिकालाई पनि मुलधारका विद्यालयमा पढाउन सकिन्छ त्यसको लागि विद्यालय पहुँचयुक्त र शिक्षकहरुको क्षमता विकासका र्कायक्रम सञ्चालन गर्नु पर्दछ । ‘हाम्रो विद्यालयमा कुनै पनि अपाङ्गताभएका बालबालिका आइपुगे सिकाउने वातावरण तयार पारिसकेका छौँ,’उनले भने ।

 श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरमा बनेको पुहँचयुक्त खानेपानी ।
श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरमा बनेको पुहँचयुक्त खानेपानी ।

तालिमले दिएको आत्मविश्वास-
समावेशी शिक्षा परियोजनाले सञ्चालन गरेको विभिन्न तालिमले बालविकास शिक्षकदेखि शिक्षण पद्धतिमा सकारात्मक प्रभावपारेको छ । परियोजनाको प्रभावले विद्यालयमात्र होइन, शिक्षक र समुदायको सोचमा समेत सुधार आएको छ । समावेशी शिक्षा भनेको भवनमा ¥याम्प बनाउनु मात्रै होइन, सबै प्रकारका बालबालिकालाई आत्मीयताका साथबुझेर, अवसरको पहुँचमा ल्याउनु हो भन्ने चेतना विद्यालयले पाएको छ ।

श्री राष्ट्रिय मावि शमीपुरका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझी भन्छन्, “परियोजनाले हाम्रो सोचाइ, शिक्षण पद्धति र संरचना परिवर्तन गरिदियो। अब हामी अपाङ्गता भएका बालबालिकाको खोजी अभियानलाई प्राथमिकतामा राख्न थालेका छौं।”
अब यो परियोजना सकिने खबरले धेरैलाई चिन्तित बनाएको छ।“अझै धेरै विद्यालयले यो सेवा पाएका छैनन्,”अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक तामाङ भन्छन्, “यो परियोजना हाम्रो लागि सिकाइको नयाँ पाइला सावित भएको थियो । यसलाई निरन्तरतादिन सके अझ राम्रो हुने थियो ।”

यदि यस्तो परियोजना थप विद्यालयसम्म फैलियो भने मात्र नेपालको शिक्षा साँच्चिकै समावेशी र न्यायपूर्ण बन्नेछ। अपाङ्गताकुनै कमजोरी होइन, यो अवस्थाहो ,अवसर हो भन्ने चेतना शिक्षाबाटै विस्तार हुन्छ।

कालिका वडा नं. १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरमा बनेको ¥याम्प l
कालिका वडा नं. १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरमा बनेको ¥याम्प l

 

यसरी सञ्चालित थियो समावेशी शिक्षा परियोजना –
अटिजम भएका व्यक्तिहरुको हक अधिकारको पैरवीको लागि सातवर्ष अगाडि अटिजम केयर चितवन सोसाइटी स्थापना भएको थियो । यसले सन् २०२२ अर्थात् तीनवर्ष अघिदेखि एचआई नेपालको प्राविधिक सहयोगमा चितवनकादुई स्थानीयतह भरतपुर महानगरपालिका र कालिकान गरापलिकामा समावेशी शिक्षा परियोजना सञ्चालन गरिरहेको छ । यीदुई स्थानीयतहका १ सय ४५ सामुदायिक विद्यालयहरुमा केन्द्रित भएर क्रियाकलापहरु सञ्चालन गरिएका छन् ।

अपाङ्गताभएकै कारणले विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेका बालबालिकाहरुका लागि परियोजनाले घरमा आधारित शिक्षा प्रदान गरेको छ । घुम्ती शिक्षकहरु मार्फत त्यस्ता बालबालिकाको घरमा नै पुगेर उनीहरुलाई शिक्षाको उज्यालो घामबाट वञ्चितहुनु नपर्ने अवस्थामा लैजान परियोजनाले सहयोग गरेको छ । संस्थाका कार्यकारी निर्देशक सुमन पौडेलका अनुसार घरमा आधारित शिक्षा नेपालको सन्दर्भमा नौलो प्रयोग हो । तर, तीनवर्षको अवधिमा यो प्रयोगले सफलता प्राप्त गर्यो । कतिपय घरमा नै बसिरहेका र विद्यालय शिक्षाबाट वञ्चित अपाङ्गता भएका बालबालिकालाई मूलधारको विद्यालयसम्मपुग्ने वातावरण निर्माण गर्यो ।

संस्थाका कार्यकारी निर्देशक सुमन पौडेल ।
संस्थाका कार्यकारी निर्देशक सुमन पौडेल ।

 

त्यतिमात्रै होइन चितवनकादुई स्थानीयतहले अपाङ्गताभएका बालबालिकाको शिक्षामा मूल प्रवाहीकरणका लागि समावेशी शिक्षामा बजेट विनियोजन समेत गर्न थालेका छन् । पौडेल समावेशी शिक्षा परियोजनाले शिक्षामा समावेशीकरणको लागि जग निर्माण गरिएको बताउँछन् । उनका अनुसार अव सरोकारवाला, स्थानीयतह, अभिभावकतथा टोल विकास संस्थाहरुले यो अभियानलाई अघि बढाउन सकारात्मक भूमीका खेल्न जरुरी छ । उनले थपे, – सबैको सहयोग भएदुई पालिका होइन चितवनबाट सुरु भएको समावेशी शिक्षा अभियानलाई देशभर फैलाएर शिक्षाको उज्यालो ज्योती सबै बालबालिकासम्म पुर्याउन सकिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

–00–

 

 

 

Share:

सम्बन्धित समाचारहरु