बागमतीमा कांग्रेसका पाँच मन्त्री सिफारिस, आजै शपथ

हेटौँडा,२९ साउन ।  मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारमा कांग्रेसको भागमा परेका पाँच मन्त्रालयका लागि मन्त्री सिफारिस गरेका छन्।

मुख्यमन्त्री बानियाँले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका हुन्। उनीहरूको शपथग्रहण आज दिउँसो ४ बजे हुने बताइएको छ।

स्रोतका अनुसार सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, उर्मिला नेपाललाई सामाजिक विकास मन्त्रालय, कञ्चनचन्द्र वादेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला मन्त्रालय, विनु रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। तर मन्त्रालयको जिम्मेवारीमा हेरफेर हुनसक्ने बताइएको छ।

यसअघि कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भइसकेका छन्। बहादुर सिंह लामाले सिफारिस गरेका तीन मन्त्री भने यसपटकको सूचीमा परेका छैनन्। बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए र साउन २७ गते विश्वासको मत लिएका थिए। एमालेबाट भने अहिलेसम्म ६ मन्त्री नियुक्त भइसकेका छन्।—–

Share:

सम्बन्धित समाचारहरु