कैलाली कारागार झडप -१० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

कैलाली, २४ साउन । कैलाली जिल्ला कारागारमा भएको झडपको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयको पहलमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति बनाएको हो।

समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

बैठकले “उपयुक्त विधि अपनाई घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न” निर्देशन दिएको छ।

बिहीबार राति भएको झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ भने एक जनाको आइसीयूमा उपचार भइरहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु