लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कालिकामा एकवर्षमा २५ वटा सिलाई मेसिन वितरण, ८५ जनाले उद्यमशील तालिम लिए

कालिका, ६ असार । गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा )कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाले वडा न.१ मा ४५ दिने आधारभूत सिलाईकटाइ तालिम सम्पन्न गरेकोछ ।
वडा नं. १ को यूनिक लघु उद्यम समुहका २० जना महिलाहरु सहभागी रहेको तालिममा उनीहरुलाई सीप सिकाएर उद्यमी बनाउने योजना अनुसार तालिम आयोजना गरिएको उद्यम सहजकर्ता शर्मीला बस्यालले जानकारी दिइन ।

लघु उद्यम विकास कार्यक्रममा कसरी सहभागी हुने ?
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संचालन भइरहेका कार्यक्रममा सहभागी हुनुपूर्व विभिन्न चरण पारगर्नुपर्छ ।

उद्यम सहजकर्ता बस्यालका अनुसार सामाजिक परिचालन अन्तर्गत सबैभन्दा पहिले समाजका अगुवाहरुलाई लक्षित गरेर अभिमुखीकरण तालिम आयोजना हुन्छ । वडा न.ं १ मा ४५ दिने आधारभूत सिलाईकटाइ तालिम पूर्व आयोजना गरिएको अभिमुखीकरण तालिममा ९० जना स्थानीय सहभागी भएका थिए ।

यो चरण पारगरेपछि पुन सहभागीता मूलक ग्रामिण लेखाजोखा कार्यक्रम आयोजना हुन्छ । यसमा यो पटक १ सय ३ जना सहभागी भए । यो चरण पार गरेपछि सम्भावित उद्यमीहरुको खोजीका लागि घरधुरी सर्वेक्षण हुन्छ । यो चरणमा उद्यमी बन्न चाहनेहरुले फारमभर्नुपर्छ । प्रत्येक फारमलाई (मेड्पा अन्तर्गत )जेसी सफ्टवेयर (कम्प्यूटर) मा इन्ट्रीहुन्छ । उद्यमी बन्न ईच्छुकहरुले भरेको फारमकै आधारमा सफ्टवेयरले तालिम लिन योग्यहरुको नाम छनौट गर्छ । यसमा समुह गठन हुन्छ । समुह अन्तर्गतनै आवश्यकता र मागको आधारमा सीपमुलक तालिम दिनेगरिन्छ ।

यसरी भयो तालिम समापन-
कालिका नगरपालिकाले यो आर्थिक वर्षमा सिलाईकटाइ, चुरापोते र व्यूटीपार्लर सम्बन्धि प्रशिक्षण दिँदै आएको छ ।

यसैअन्तर्गत कालिकाको वडा नं. १ मा सिलाईकटाइ तालिम आयोजना गरिएको हो । तालिम आयोजनासँगै १० वटा मेसिन समेत प्रदान गरिएको लघु उद्यम विकास शाखा प्रमुख एवम कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।

कालिका नगरपालिका वडा नं. १ का वडा अध्यक्ष शन्तवीर स्याङतानको अध्यक्षतामा आयोजना गरिएको तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले सम्वृद्ध नगर बनाउन यस्ताखालका सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रेग्मीले गरिबी न्यूनिकरणका लागि नगरपालिकाले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरतादिँदै जाने प्रतिवद्धता जनाए । सिकेको सीपलाई व्यवसायिक रुपमा अगाडी बढाएर आगामी दिनमा आर्थिक लाभ लिनेमा आफु विश्वस्त रहेको नगर प्रमुख रेग्मीले बताए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख विमला तमाङले महिलाहरुलाई उद्यमशील बनाउन नगरपालिका कहिलै पछाडी नहट्ने बताइन् । नगरक्षेत्रका हरेक महिलाहरुलाई उद्यमशीलता बनाउन नगरपालिकाले आफ्नै दायित्व ठानेर गरिबी निवारका लागि लघु उद्यम विकास कार्यक्रम संचालनगर्दै आएको बताईन । उद्यम सहजकर्ता सन्तोषी कुमालले संचालन गरेको कार्यक्रममा वडा न.१ का वडा सदस्य जीवन लामा उद्यम विकास शाखा प्रमुख प्रकाशचन्द्र पौडेल लगायतको उपस्थिती थियो ।

यस अघि कालिका वडा नं. २ र वडा नं. ५ मा पनि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् । वडा नं. २ मापनि सिलाईकटाइ तालिम आयोजना गरिएको छ । वडा नं. २ स्थित मिलिजुली लघु उद्यमी समुहका दिदिबहिनीहरुलाई तालिम दिएको हो । तालिमसँगै यो समुहलाई ८ वटा सिलाईकटाइ मेसिन समेत प्रदान गरिएको छ ।

यस्तै वडा नं. ५ मा भने सिलाईकटाइ सँगै चुरापोते र व्यूटीपार्लर सम्बन्धि तालिम आयोजना गरिएको छ । वडा नं. ५ स्थित साहसी लघु उद्यमी समुहका दिदिबहिनीहरुलाई तालिम प्रदान गरिएको हो । तालिमसँगै यो समुहलाई ७ वटा मेसिन प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यो सँगै यो आर्थिक वर्षमा नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ वटा लघु उद्यम समुहलाई २५ वटा सिलाईकटाइ मेसिन वितरण गरेको छ भने ८५ जनालाई उद्यमशील तालिम दिएको छ ।

सीप सिकेर मात्रै हुन्छ ?
सीपमूलक तालिममा सहभागी भएकाहरुलाई वित्तियसंस्थासँग समन्वय र पहुँच विस्तार सम्बन्धि एकदिने अभिमुखिकरण तालिम दिएको छ ।

यस्तै तालिम पश्चात उत्पादन गरेका सामग्रीको बजारिकरण कसरीगर्ने भन्ने विषयमा पनि नगरपालिकाले १ दिने अभिमुखीकरण तालिम दिएको छ । नगरक्षेत्रभित्र रहेका स्थानीय बजार देखि यहाँका मुख्य मुख्य बजार क्षेत्रमा कसरी विस्तारगर्ने विषयमा तालिम प्रदानगरिएको थियो ।

यो तालिममा नगरक्षेत्रभित्र रहेका पाँचवटा स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्षहरु समेत सहभागी थिए । यस्तै स्थानीय स्तरमा उद्यम क्षेत्रमा राम्रो चर्चा बट्ल्न सफल उद्यमी बिएम हस्तकलाकी संचालिका बुद्धिमाया घले समेत सहभागी थिइन । यस्तै लघुवित्त संस्थाले दिन सक्ने सेवा र सुविधाको विषयमा स्थानीय साना किसान कृषि सहकारी संस्थाकी प्रबन्धक निर्देशक शिलामाया बस्नेतले सहजिकरण गरेकी थिइन ।

कोशेली घर स्थापनाको तयारी –
स्थानीय उद्यमीहरुले उत्पादन गरेका सामग्री तथा उत्पादनहरुलाई एकीकृतगर्ने उद्देश्यले कालिकामा कोशेली घर स्थापनाको अन्तिम तयारी भइरहेको छ ।

कालिका नगरपालिकाको नयाँ निर्माणहुन लागेको भवनसँगैको पुरानो घरलाई मर्मतगरेर कोशेलीघरको रुपमा विकासगर्ने तयारी भइरहेको छ । कोशेली घरमा स्थानीय उद्यमीहरुले उत्पादनगरेको बस्तुसँगै उनिहरुले तयारपारेका सामग्रीहरु संकल्न र स्टोर गरिनेछ ।

साझा सुविधा केन्द्रको रुपमा कोशेली घरलाई विकास गरिने नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले बताए । उनका अनुसार अर्कोवर्षदेखि कोशेली घर पूर्णरुपमा संचालनमा आउनेछ ।

 

कालिका वडा नं. १ मा सहभागी भएकाहरु
कालिका वडा नं. १ मा सहभागी भएकाहरु
कालिका वडा नं. १ मा सहभागी भएकाहरु
कालिका वडा नं. १ मा सहभागी भएकाहरु
कालिका वडा नं. १ मा सहभागी भएकाहरु
कालिका वडा नं. १ मा सहभागी भएकाहरु
कालिका वडा नं. १ मा सहभागी भएकाहरु
कालिका वडा नं. १ मा सहभागी भएकाहरु

 

कालिका वडा नं. २ मा भएका सहभागी हरु
कालिका वडा नं. २ मा भएका सहभागी हरु
कालिका वडा नं. २ मा भएका सहभागी हरु
कालिका वडा नं. २ मा भएका सहभागी हरु
कालिका वडा नं. २ मा भएका सहभागी हरु
कालिका वडा नं. २ मा भएका सहभागी हरु
कालिका वडा नं. ५ मा भएका सहभागी हरु
कालिका वडा नं. ५ मा भएका सहभागी हरु
कालिका वडा नं. ५ मा भएका सहभागी हरु
कालिका वडा नं. ५ मा भएका सहभागी हरु
कालिका वडा नं. ५ मा भएका सहभागी हरु
कालिका वडा नं. ५ मा भएका सहभागी हरु

–00–

 

 

 

 

Share:

सम्बन्धित समाचारहरु