ग्रामीण क्षेत्रका विपन्न तथा असहायहरुलाई सहयोगगर्न चिकित्सक दम्पतीले फाउण्डेसन स्थापना गरे

चितवन, १ भदौं । ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा असहायहरुको क्षेत्रमा सहयोगगर्ने उद्देश्यले चितवनका चिकित्सक दम्पतीले आफ्नै नामबाट फाउण्डेसन स्थापना गरेको छन् । शुक्रवार एक कार्यक्रमका बीच फाउण्डेसनको औपचारिक उद्घाटन समेत गरिएको छ । चितवनका दन्तविशेषज्ञ डा. अजय न्यौपाने र डा. सरु थापाले आफ्नै नामवाट फाउण्डेसन स्थापना गरेका हुन ।

हप्तामा सातैदिन कामगर्दै आएका चिकित्सकद्धयले आफ्नोृ परिश्रमवाट प्राप्त आम्दानीको केही रकम वार्षिक रुपमा सामाजिक क्षेत्रमा लगानीगर्नेगरी फाउण्डेसन स्थापना गरेका हुन । ग्रामीण क्षेत्रवाट काम सुरुवातगर्ने उद्घाटन कार्यक्रममा डा. अजय न्यौपानेले बताउनुभयो । उहाँका अनुसार, फाण्डेसनले चारवटा क्षेत्रमा कामगर्ने छ । स्वास्थ्य क्षेत्रलाई फाण्डेसनले प्राथमिकतामा राखेको छ । स्वास्थ्य क्षेत्रमा पनि दृष्टीलाई विशेष प्राथमिकता दिइनेछ । आँखा गुमाएका वा आँखा नेख्ने गरिब, विपन्न समुदायका लागि कामगर्ने छौं डा. न्यौपानेले भन्नुभयो ।

स्वाथ्य क्षेत्र अन्तर्गत स्वास्थ्यमा पहुँच कार्यक्रम आयोजना गरिने छ । विपन्न समुदाय लक्षित विशेषज्ञ सहित स्वास्थ्य शिविर आयोजना गरिने उहाँले बताउनुभयो । फाण्डेसनले स्वास्थ्यसँगै शिक्षालाई पनि प्राथमिकता दिनेछ । सरकारी विद्यालयमा अध्ययरत्त २० जनता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । स्थानीय सरकारसँग समन्वय गरेर यो आर्थिकवर्षदेखिनै यो कार्यक्रम सुरु गरिनेछ । यसैगरी विद्यार्थीलाई पढाउने शिक्षकहरुलाई पनि प्रोत्साहन स्वरुप पाँचजना शिक्षकलाई पुरस्कार प्रदानगरिनेछ ।

विभिन्न दिवसहरुको अवसरमा पनि फरक फरक खालका कार्यक्रम आयोजना गरिनेगरी फाउण्डेसन स्थापना गरिएको हो ।

कार्यक्रम आयोजनागर्न लाग्ने सम्पूर्ण खर्च साईराम डेन्टल हस्टिपल मार्फत श्रीमान श्रीमति दुवैजनाले व्यस्थापनगर्नुहुनेछ । कार्यक्रमगर्न विभिन्न संघ संस्था, एनजिओ आइएनजिओसँग सहकार्यगर्ने तर आर्थिक सहयोग कसैसँग नलिने डा. न्यौपानेले प्रष्टपार्नुभयो ।

फाउण्डेसनले विपद् व्यवस्थापनको क्षेत्रमा पनि कामगर्ने छ । बाढी, पहिरो जस्ता प्राकृतिक विपद्मा परेकाहरुलाई राहतका प्याकेज मार्फत सहयोग गर्ने कार्यक्रम छ । उदार, पुर्नस्थापनामा सहयोगगर्ने सोच बनाएका छौं डा. न्यौपानेले भन्नुभयो । यस्तै फाउडेसन मार्फत बातावरणको क्षेत्रमा पनि कामगर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । वृक्षा रोपण, रियूजेबल प्लाष्टिको खपतकमगर्ने र अन्य सामग्रीहरु पुर्नप्रयोग कसरीगर्ने विषयमा जोडदिनइने उहाँले बताउनुभयो ।
यस्तै फाउण्डेसनले कला र संस्कृतिमा पनि कामगर्ने छ । नेपालमा पुराना कला संस्कृति लोपहुने अवस्थामा पुगेको छ । त्यसको सरक्षण र प्रर्वद्धनका लागि पनि फाउण्डेसनले कामगर्ने छ। यस्तै खेलकुद क्षेत्रलाई पनि फाउण्डेसले समेट्नेछ । खेलकुद प्रतियोगीतादेखि खेलकुद क्षेत्रमा बढीभन्दाबढी सहभागीतागराउनेगरी योजना निर्माण गरेर काम गरिनेछ । यसमा जेष्ट नागरिक, बालबालिका, युवाहरुलाई बेग्ला बेग्लै खालको कार्यक्रम गरेर एक्टीभ बनाउनेकाम गरिने छ ।

आर्थिक सुधारसँगै, प्रत्येक वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ती दिइनेछ । यस्तै लोपहुँदैगएको कला संस्कृति संरक्षणसँगै विपद् व्यवस्थापन तथा पुर्नस्थापनामा फाउण्डेसनले कामगर्ने छ ।
यो आर्थिक वर्षमा यस्तैखालका कार्यक्रमगर्न १० लाख रुपैयाँ अक्षयकोषको नाउँमा फिक्स डिबोजिट गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै चालखर्चका लागि १० लाख रुपैयाँ विनियोजना गरिएको छ । यसैगरी प्रत्येक वर्ष १० लाख रुपैयाँ अक्षयकोषमा जम्मागर्नेगरी १० वर्षमा १ करोड रुपैयाँ जम्मागर्ने लक्ष्य लिएर फाउण्डेसन स्थापना गरिएको उहाँले बताउनुभयो ।

आफुहरुले परिश्रम गरेर जोडेको रकमबाट अरु समुदायले पनि फाइदा लिन पाउनेगरी फाउण्डेसन सुरु गरिएको हो ।

उनीहरूले नारायणघाटमा साइराम डेन्टल केयर सञ्चालन गर्दै आएका छन् । यसबाट हुने आम्दानीलाई हरेक वर्ष १० प्रतिशत सामाजिक कामका लागि खर्चिंदै आएका छन् । २१ वर्षदेखि चितवनमा बस्दै आएका डा. न्यौपाने भरतपुर अस्पतालमा दन्त चिकित्सा विभागमा कार्यरत छन्। डा. थापा साइराम डेन्टल केयरकी प्रबन्ध निर्देशक हुन्।

 

—00—

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु