चितवन( माडी) १५ साउन ।
माडी प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन्। माडी नगरपालिकाको सभाहलमा आयोजना गरिएको विशेष कार्यक्रममा नगर प्रमुख ताराकाजी महतोले प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकोटा र उपाध्यक्ष चन्द्रमणि महतो र सचिव प्रविन भण्डारीले पद तथा गोपनीयताको शपथ गराए।
सपथ लिएपछि अध्यक्ष सापकोटाले अन्य पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराएका थिए। नवगठित प्रज्ञाप्रतिष्ठान १५ सदस्यीय रहेको छ।
कार्यक्रममा नगर प्रमुख महतोले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै साहित्य, संस्कृति र स्थानीय ज्ञानको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
अध्यक्ष नारायणप्रसाद सापकोटा नेपाल पत्रकार महासंघ, चितवनका पूर्व सचिव समेत हुन्।
कार्यक्रममा उपप्रमुख खेमनारायण महताे, प्रमुु प्रशासकीय अधिकृत अधिकृत जगत भुषाल लगायत वडा अध्यक्षहरू, स्थानीय समाजसेवी, अगुवाहरू सहभागी थिए ।


–00–


