सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्‍यो

काठमाडौं,७ साउन  । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मधेश प्रदेशभरि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसयता पानीको अभाव झनै चर्किंदै गएको, भूगर्भीय पानीको स्रोतहरू जस्तै इनार र ट्युबवेलमा समेत पानी नआएपछि अवस्था गम्भीर बन्दै गएको थियो।

खडेरीको असरले खानेपानी, सिंचाइ प्रणाली, कृषि उत्पादन र जनजीवनमा ठूलो प्रभाव पारेको छ। वर्षा नहुँदा बाली सुक्न थालेको छ भने ग्रामीण बस्तीमा खानेपानीको चरम अभाव देखिएको छ।

सरकारले विपद् संकटग्रस्त घोषणा गरेसँगै अब राहत तथा पुनःस्थापना कार्यलाई गति दिने, आवश्यक स्रोत र साधन परिचालन गर्न सकिने अपेक्षा गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु