काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो।
असोज मसान्तपछि सुनको मूल्य निरन्तर घट्दै आएको छ। असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। असोज ३१ गते चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ।–00–


