एक महिने ब्युटी पार्लर तालिमको समापन

कालिका, १९ असार । वाग्मती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनको प्रमुख आतिथ्यतामा एक महिने ब्युटी पार्लर तालिमको समापन गरिएको छ।

श्री लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लि., कालिका–८ चितवनको व्यवस्थापनमा, श्रम तथा रोजगार मन्त्रालय वाग्मती प्रदेशको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेज, धनगढीका श्यामजी कंडेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङ, संस्थापक नगरप्रमुख खुम नारायण श्रेष्ठ, कालिका–८ का वडाध्यक्ष चित्रबहादुर मगर, कालिका–७ का संस्थापक जनप्रतिनिधि उमाकान्त सापकोटा, चतुर्मुखी माध्यमिक विद्यालयका अध्यक्ष वकिल पुरी, कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेजका पदाधिकारीहरू, सहकारी संस्थाका अध्यक्ष वुलकुमारी पुरी, शेयर सदस्य, प्रशिक्षार्थी तथा सहकारीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कालिका–८ स्थित सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन संस्था व्यवस्थापक जुना लामाले गर्नुभएको थियो।

तस्विरः गौतम गिरी। कालिका सेरोफेरो

–00–

Share:

सम्बन्धित समाचारहरु