चितवन,१० साउन । माडी स्थित घाँघर खोला तर्दै गरेको एउटा यात्रुबाहक बसलाई बाढीले डुबाएको छ ।
ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका ना ४ ख १९४७ नम्बरको यात्रुबाहक बसलाई खोलातर्ने क्रममा बाढीले डुबाएको हो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै सकुशल छन् । बस घाँघर खोलामै पल्टिएकै अवस्थामा रहेको स्थानीयले बताएका छन् ।


