भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु

काठमाडौं, असार २८

लगातार भारी बर्षाको कारणले छिमेकी राष्ट भारतमाको जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ ।

बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ भने आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

उता मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतको मौसम विज्ञान विभागले आज मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।

गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरको सहायतमा उद्धार गरिएको छ । भारी वर्षाका कारण गुजरातको भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु